|

काठमाडौं : विगतमा झै सरकारले पछिल्लोपटक कर्मचारी हेरफेरमा तीव्रता दिएको छ।

करिब तीन दर्जन सचिवको हेरफेरसँगै  कर्मचारीलाई चलाउन थालेको सरकारले पछिल्लोपटक १८ जना सहसचिवनको सरुवा गरेको हो।  यसअघि गृह मन्त्रालयअन्तर्गतका ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको थियो। त्यसको एक सातापछि १८ सहसचिवको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ। 

नीति निर्माण तहमा महत्वपूर्ण भूमिका हुने सहसचिवको सरुवा गरेर कर्मचारी क्ष्क्षेत्रमा विगतकै सरकारका झझल्को दिन खोजेको कर्मचारी वृत्तमा चर्चा छ। सोमबार बसेको मन्त्रिपपरिषद बैठकले विभिन्न मन्त्रालय र निकायका सहसचिवको व्यापक फेरबदल सरुवा गरेको हो। कार्यालयका अनुसार भरतपुरमहानगरपालिका प्रमुख कार्यकारी अधिकृत प्रेमराज जोशीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.