|

गोरखा : गण्डकी गाउँपालिका–८ बेनिघाटको चिउरीगौडास्थित बुढीगण्डकी नदीमा टिपर खस्दा चालकको मृत्यु भएको छ।

मंगलबार राति करिब १ बजे बा ४ ख ९५०६ नम्बरको ट्रिपर नदीमा खस्दा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का २७ वर्षीय सन्तोष सापकोटाको घटना स्थलमै मृत्यु भएको गोरखाका ट्राफिक प्रमुख दयाराम पौडेलले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका सहचालक २१ वर्षीय रविन्द्र नेपालको धादिङको गजुरीस्थित एक अस्पतालमा उपचार भइरहेको पौडेलले जानकारी दिए।

बेनिघाटबाट दर्बुङतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले बताएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.