|

काठमाडौं : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको मुद्दामा सोमबार पनि बहस हुदैँछ। जिल्ला अदालत चितवनमा आइतबारदेखि सुरु भएको बहस नटुङ्गिएपछि सोमबार पनि बहस हुन लागेको हो। 

सोमबार प्रतिवादीको तर्फबाट बहस गर्ने जिल्ला अदालतका सूचना अधिकारी कृष्ण प्रसाद बरालले जानकारी दिए। सोमबार वादीकोतर्फबाट दुई जना र जाहेरीवालाको तर्फबाट ७ जनाले बहस गरेका थिए।

सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको जयमंगला आएका बेला कृष्णप्रसादको रत्ननगरको बकुलहरमा वि.सं २०६१ जेठ २४ गते हत्या भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.