|

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपतिनाथमा विशेष पूजा अर्चना गरेका छन्। मुक्तिनाथमा पूजा एवं दर्शनपछि शनिबार बिहान प्रधानमन्त्री मोदी पशुपतिनाथ पुगेर पूजा अर्चना गरेका हुन्।

पशुपति दर्शनमा पुगेका मोदीलाई पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पशुपति विकास कोषका पदाधिकारीलगायतले स्वागत गरेका थिए।

मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.