|

काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले स्रोतको सुनिश्‍चितता नभई आयोजना छुट्टायाउने अभ्यासले बजेटरी प्रणालीमा प्रभाव पारेको बताएका छन्। अहिलेको अवस्थामा झण्डै एक अर्थिक वर्षको बजेट बराबरका त्यस्ता आयोजना देखिएको बताउँदै खतिवडाले बजेट प्रणाली सुधारमा यस्तो अभ्यास चुनौतिपूर्ण रहेको बताए।

शनिबार सार्वजनिक क्षेत्रको वित्तीय व्यवस्थापन पारदर्शिता र उत्तरदायीत्वको विषयमा भएको अन्तर्राष्ट्रिय सार्वजनिक सम्मेलनमा खतिवडाले यस्तो बताएका हुन्। उनले  राष्ट्र बैंक यस्तै किशिमका समस्या भोगेको र समधान गरेर आएको बताउँदै बजेट प्रणाली सुधारमा आफू केन्द्रित भएको बताए। सुधारको लागि मातहतका निकायलाई प्रशिक्षण, नियमन गर्ने र अझै नहुँदा सजायको भागिदार समेत गराउनु पर्ने खतिवडाको भनाई छ।

वित्तीय सुधारको लागि अन्तर्राष्ट्रिय अभ्यासहरू अपनाउनु पर्ने खतिवडाको भनाई छ। सरकार सधै आफ्नो काममा पारदर्शी हुन चाहेको र सरकारले गर्ने सार्वजनिक कामको जवाफदेहिता पनि खोजेको अर्थमन्त्री खतिवडाले बताए।

सार्वजनिक क्षेत्रलाई जवाफदेही र पारदर्शी बनाउनको लागि व्यवस्थित विल पासका साथै अभिलेखको व्यवस्था गर्नु पर्ने उनले बताए। विभिन्न कारणले गर्दा अहिलेको लेखा परिक्षणमा जनताको विश्‍वास गुमेको समेत खतिवडाले बताएका छन्।

यसको कारण हचुवाको भरमा सार्वजनिक खरिद त्यस्तै किशिमको लेखा परिक्षण भएको बताउँदै सुधारको आवश्‍यकता रहेको उनले बताए।

नेपाल चार्टर एकाउण्टेन संस्था (आइक्यान) ले, एशिया प्रशान्त क्षेत्रका लेखा व्यवसायी संस्था काप्का र सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयसँगको सहकार्यमा सम्मेलनको आयोजना गरेको हो।

सम्मेलनमा अन्तर्राष्ट्रिय वित्तीय व्यवस्थापन प्रणाली, संघीयतामा वित्तीय प्रवन्ध, सार्वजनिक क्षेत्रमा लेखापरीक्षणको कार्य,  सार्वजनिक वित्तीय व्यवस्थापनमा विभिन्न देशको प्रशासकीय अभ्यासका विषयमा चारवटा सत्र रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.