|

सुर्खेत : सुर्खेतको काँक्रेविहार जंगलमा एक महिलाको बेवारिसे शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका–१० स्थित नयाँगाउँ नजिकको काक्रेविहार जंगलमा उक्त शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार मृतक महिलाको पहिचान केही खुल्न सकेको छैन। स्थानीयले शनिबार बिहान जंगलमा मृतक महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाबारे अहिल्यै केही भन्न नसकिने र थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए। पोष्टमार्टमका लागि शव मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.