पाल्पा : सदरमुकाम तानसेनमा आइतबार एकाबिहानै बम विस्फोट भएको छ। तानसेन नगरपालिका ५ कैलाशनगरस्थित श्रीनगरडाँडाको तल्लोभाग र बस्तीभन्दा माथि बम विस्फोट भएको हो।
बिहान पौने ५ बजे भएको बम विस्फोटका कारण स्थानीय बासिन्दा त्रसित भएका छन्। ठूलो अावाजमा बम विस्फोट भएपछि स्थानीय अातकित हुँदै घरबाहिर निस्केका थिए। विस्फोटक पदार्थ प्रेसरकुकर बम भएको प्रहरीको अनुमान छ।
'के विष्फोट भएको हो भन्ने पत्ता लागेको छैन', जिल्ला प्रहरी कार्यालयका नायa उपरीक्षक विनोद घिमिरेले भने, 'नजिकै भेटिएका टुक्राहरुलाई आधार मान्दा प्रेसरकुकर बम हुनुपर्छ।' बम बन्दकर्ताहरुले गराएको हुनसक्ने उनले अनुमान गरे।
यसैबीच नेत्रबहादुर चन्द 'विप्लव' नेतृत्वको नेकपाले आह्वान गरेको बन्दले पाल्पाको जनजीवन बिहानैदेखि प्रभावित भएको छ। बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो सवारी साधन छुटेका छैनन्। शैक्षिक संस्था, बजारपसल सबै ठप्प छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।