|

काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म 'राजी'ले बक्स अफिसमा राम्रो ब्यापार गरिरहेको छ। मुख्य भूमिका निर्वाह गरेकी आलिया भट्टका साथै सम‌ंग्र फिल्मको खुबै प्रशंसा भइरहेको छ।

फिल्मले प्रदर्शनको पहिलो दिन अर्थात शुक्रबार ७ करोड ५३ लाख भारुको ब्यापार गरेको थियो भने दोस्रो दिन शनिवार ११ करोड ३० लाख माथिको ब्यापार गर्न सफल भएको छ। यस ब्यापारलाई आधार मान्दा फिल्मले दुई दिनमा कुल १८ करोड ८३ लाख माथिको ब्यापार गरेको छ।

सन् १९७१ मा भएको भारत-पाकिस्तान युद्धमा आधारित रहेर निर्माण भएको फिल्मलाई मेघना गुलजारले निर्देशन हुन्। यस फिल्ममा आलिया जासुसको भूमिकामा देखिएकी छिन्। फिल्ममा विक्की कौशलको पनि मुख्य भूमिका रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.