|

सल्यान: सल्यानमा आएको असिनापानीले २ करोड मूल्य बराबरको सुन्तलामा क्षति पुर्‍याएको छ।

सुन्तलाको 'पकेट' क्षेत्रको रूपमा रहेको कोटमौला, पिपलनेटालगायतमा क्षेत्रमा परेको असिनापानीले क्षति पुर्‍याएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको छ।

असिनापानीले कोटमौला क्षेत्रको सुन्तलामा २५ प्रतिशत क्षति अर्थात ५० मेट्रिक टन सुन्तलामा क्षति गरेको वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरेले जानकारी दिए। उनका अनुसार गतवर्षको मूल्यसँग तुलना गर्दा करिब दुई करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।

असिनापानीले सुन्तलाको सानो दाना झारिदिँदा आफूहरूको आम्दानीको स्रोतमा कमी आएको किसानहरूले बताएका छन्।

यस्तै कपुरकोट गाउँपालिका अन्नगत जलवांगमा ५० रोपनी क्षेत्रफलमा लगाएको टमाटरमा क्षति पुगेको छ। असिनापानीले १८ लाख मूल्य बराबरको टमाटरमा क्षति गरेको घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.