|

साेलुखुम्बु : यस वर्षको वसन्त ऋतुको पहिलो दिन आठजना गाइडहरूले एकै साथ सगरमाथाको आरोहण गरेका छन्। बाटो निर्माणमा संलग्न गाइडहरूले आइतबार दिउँसो ३ः ३० बजे सगरमाथाको सफल आरोहण गरेको पर्वतारोहण संघका अध्यक्ष पराजुलीले जानकारी दिए।

आरोहीहरूमा हिमालयन गाइड नेपाल ट्रेकका गाइडहरू पासाङ तेन्जिङ शेर्पा, पासङदावा शेर्पा, लाक्पाडेन्डी शेर्पा, जेन्जेन लामा, सिद्धिबहादुर तामाङ रहेका छन्।यस्तै सोही समूहका गाइड पेम्वाछिरी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा र डाटुक भोटेले सामूहिक रुपमा सगरमाथाको चुचुरोमा पाइला टेकेको अध्यक्ष पराजुलीले बताए।आइतबार बिहान १ बजेदेखि हिलारी स्टेपदेखि सगरमाथ चुचुरोसम्मको बाटो निर्माण गरेका थिए।

पर्वतारोहण सञ्चालक संघ नेपालको समन्वयमा क्याम्प दुईदेखि चुचुरोसम्मको बाटो निर्माण गरिएको संघका अध्यक्ष डम्बर पराजुलीले बताए। ‘सगरमाथा आरोहण दलमध्ये सबैभन्दा ठूलो समूहले क्याम्प दुईदेखि माथिको बाटो निर्माण गरिन्छ।’ पराजुलीले भने, ‘यो याममा हिमालयन गाइड नेपाल ट्रेकले जिम्मा पाएको थियो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.