|

उदयपुर : मनाङ मर्स्याङदी क्लब उदयपुरमा जारी पाँचौ उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा घरेलु मैदानमा उदयपुर ११ लाई १–० को गोल अन्तरले पराजित गर्दै मनाङले सेमिफाइनलको यात्रा तय गरेको हो। 

खेलको पहिलो हाफ दुवै टोली गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफको ३८औँ मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई विजयी गराएका हुन्। घरेलु दर्शकको राम्रै साथ पाएको उदयपुरले सोचे जस्तो प्रदर्शन गर्न सकेन। खेलको म्यान अफ द म्यच उदयपुरका गोलरक्षक रेम्बो चौधरी घोषित भए। उनले सात हजार रुपयाँ प्राप्त गरे।

उद्घाटन खेलमा रूपन्देही ११ लाई हराउँदै झापा ११ सेमिफाइनलमा पुगेको छ। थारूहट रंङशालामा सोमबार हुने खेलमा थ्रीस्टार र मोरङ ११ बीच हुने मूल आयोजक समितिका अध्यक्ष किरण राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.