|

बुटवल : प्रदेश ५ को आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विनियोजन विधेयक,२०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति स्वीकृत गरेको छ। बैठकले विनियोजन विधेयक, २०७५ लाई प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

अब बस्ने प्रदेशसभाको बैठकमा विनियोजन विधेयकको सैद्धान्तिक छलफल हुने छ। यस्तै प्रदेश ५ को प्रदेशसभाको दोस्रो अधिवेशन सोमबारदेखि सुरु हुने भएको छ। प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ। 

प्रदेश प्रमुख झाको पत्रका आधारमा प्रदेशसभा सचिवालयले यही वैशाख ३१ गते सोमबार अपराह्न १ बजेका लागि बैठक अह्वान गरिएको प्रदेशसभा सचिव मानबहादुर विकले जानकारी दिए। यस अधिवेशनमा प्रदेश सरकारले आगामी आव २०७५/७६ का लागि सरकारको नीति, कार्यक्रम र बजेट ल्याउने छ। 

प्रदेश सरकारले चालु आवको २०७४/७५ को अन्तिम तीन महिनाका लागि  एक अर्ब पाँच करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो। आगामी आव २०७५/०७६ का लागि प्रदेश सरकारलाई संघीय सरकारले करिब १५ अर्ब ४२ करोड रुपैयाँको बजेटको सिलिङ रहे पनि प्रदेश सरकारले भने करिब  २० अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.