|

काठमाडौं : व्यवस्थापिका संसदको बैठक मंगलबार बस्दैछ।

संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा मन्त्रिपरिषद्बाट स्वीकृत भएका ६ वटा आयोग सम्बन्धी विद्ययेक संसदमा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका सह-प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए। उनका अनुसार लामो समयदेखि चर्चामा रहेका राष्ट्रिय दलित, आदिवासी जनजाती, मुस्लिम, मधेसी, थारु र राष्ट्रिय समावेशी आयोग सम्बन्धी विद्येयक मंगलबार पेश हुनेछन्। 

बैठकमा सांसद धनराज गुरुङ्गले काठमाडौंको फोहोरलाई व्यवस्थित गर्नका लागि खर्च बढेको भन्दै सार्वजनिक महत्वको जरुरी प्रस्ताव पेश गर्ने तयारी गर्नुभएको सह-प्रवक्ता कुइँकेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.