|

काठमाडौंः नेशनल सोतो कराँते डो एशोसिएसन नेपालले प्रथम एपिएफ अन्तर्राष्ट्रिय आमन्त्रण सोतो कराँते प्रतियोगिता आयोजना गर्ने जनाएको छ। प्रतियोगितामा नेपाल लगायत भारत, जापान, श्रीलंका, पाकिस्तान र बंगलादेशका प्रशिक्षक, खेलाडी, अफिसियल र स्वयंसेवक गरी करिब ३०० जनाको सहभागिता रहने एशोसिएसनका बरिष्ठ उपाध्यक्ष श्याम डोटेलले जानकारी दिए।

प्रतियोगिता जेठ ११ र १२ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक, काठमाडाैंमा हुनेछ। नेपालका तर्फबाट सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका खेलाडीले विभिन्न तौल समूहमा रहेर प्रतिष्पर्धा गर्ने डोटेलले बताए। खेल १८ विधामा हुने बताइएकाे छ।

प्रतियोगिताले नेपाललाई खेलको माध्यमबाट थप परिचित गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.