|

काठमाडौं : श्रम तथा रोजगार मन्त्री तथा नेकपा एमाले मोर्चा फाँटका इञ्चार्ज गोकर्ण विष्टले मुलुक समृद्ध बनाउने भूमिका युवाहरुको काँधमा रहेको बताएका छन्। युवा संघ नेपालको २८ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

साथै उनले २९ औं युवा दिवस मनाउँदा कम्तिमा नयाँ निर्वाचित कमिटिले युवा दिवस मनाउन सकोस् भन्ने शुभकामना समेत उनले प्रदान गरे। ‘युवा संघ आन्तरिक मुद्दाहरूलाई व्यवस्थापन गरेर जान सक्नुपर्छ।’ विष्टले भने।

विष्टले सिप सिकेका युवाहरुलाई मात्रै रोजगारीका लागि बाहिर पठाउनेगरी राज्यले फैसलागर्नुपर्ने आवश्यकता रहेको बताए। ‘यो निर्मम निर्णय राज्यले केही समयमै लिनुपर्ने बाध्यता छ,’ विष्टले भने, ‘वैदेशिक रोजगारीमा पठाउने कुरा हाम्रो रहर होइन बाध्यता हो ।’

सरकारले नयाँ ढंगले रोजगारीका अवसर सिर्जना गरी देशको श्रमशक्तिलाई देशको विकासमा प्रयोग गर्नेगरी नयाँ नीति योजनाका साथ काम गरिरहेको समेत उनले बताए।

कम्तिमा १ सय वा १२० दिने तालिमको  न्यूतम् रोजगार प्रत्याभूत गर्नेगरी कानुन ल्याउने तयारी भइरहेको उनले बताए। ‘बैदेशीक रोजागरीलाई प्रोत्साहन होइन व्यवस्थापन गर्नेगरी अगाडी बढ्नेछौं,’ उनले भने, ‘नेपालभित्र काम गर्ने श्रमिकहरुले बाँच्न पाउनेगरी पारिश्रमिक पाइरहेका छैनन्। यो अवस्थालाई अन्त्य गर्न साउन १ गतेदेखि लागु हुनेगरी न्युनतम पारिश्रिमक  सम्मान जनक जीवन बाँच्ने गरी लागु गरिनेछ।’

उनले लाखौं रुपैयाँ खर्च गरेर एमबीबिएस पढिरहेकालाई ठूला अस्पतालमा ८–१० हजारको जागिर गर्नुपर्ने बाध्यता रहेको पनि उनले बताए। ‘अब प्रत्येक श्रमिकले बैंक खातामा तलब पाउनुपर्ने व्यवस्था गर्दैछौं,’ उनले भने, ‘रोजगारीका सम्भावनालाई ब्यापक रुपमा बिस्तार गर्नेगरी सरकार अगाडि बढ्ने छ। श्रमको सम्मान गरौं भन्ने अभियान युवा संघले सञ्चालन गर्न आवश्यक छ।’ साथै विष्टले अमेरिका युरोप लगायतका देशहरु यत्तिकै समृद्ध नभएको समेत बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.