|

कालिकोटः नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली रारा पर्यटन बर्षको उद्घाटन गर्न मुगुमा आएर कर्णालीलाई केही नल्याएरको बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्य समिति कालिकोटले आयोजना गरेको आमसभा सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
पौडेलले प्रधानमन्त्री ओली रारामा आएर भाषण मात्र गरेको बताए। कर्णाली राजमार्गको अवस्था जिर्ण रहेको, कृषि, उर्जाका बिषयमा प्रधानमन्त्री ओली केही नबोलेको र विकास सन्तुलन ल्याउने कुनै योजना नबोलेको बताए । ‘कर्णाली राजमार्गको अवस्था उस्तै छ । यहाँका मानिसको अवस्था उस्तै छ । कर्णाली नदी बगेको बगै छ । त्यतिकै खेर गएको छ,’ उनले भने, ‘तर, प्रधानमन्त्री रारामा गएर भाषण मात्र गरेको कर्णालीको विकासमा सन्तुलन ल्याउने कुनै योजना बनाएको छैन।’

कर्णाली क्षेत्रमा जलबिद्युत, स्याउ, जडिबुटी, त्रैदेशीय नाका कर्णालीमा नै रहेको तर यहाँको विकासमा लगाएतका क्षेत्रको विकासमा कसैले ध्यान नदिएको नेता पौडेल बताए । ‘कर्णाली विकासको ठोस योजना ल्याउन कसैले ल्याउन सकेन्,’ उनले भने,‘कर्णाली विकास भयो भने मात्र देशको विकास हुन्छ ।’
प्रधानमन्त्री ओलीले पक्षपाती शासन चलाएको अधिनायकवादी हुन खोजेको आरोप पौडेलले लगाए । ‘वामपन्थीहरुको सरकार अधिनायकवादी चरित्र देखाएको छ ।’ उनले भने, ‘अधिनायकवाद बिरुद्ध सबैले लाग्न जरुरी रहेको छ ।’

सभामा बोल्दै ओली सरकारले राष्ट्रवादी भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एउटै लुगा लगाएर राष्ट्रवाद धन्जी कांग्रेसका नेता हृदयराम थानीले बताए। ‘दिनभरी गाली गर्ने रातभरी फोन गर्ने नेता राष्ट्रवादी नेता हुनै सक्दैन,’ उनले भने, ‘राष्ट्रवादीहरुले राष्ट्रवादको धन्जी उडाएका छन् ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.