|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सडक संघर्ष सुरु गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रघात हुने खालका सहमति गरेको भन्दै नेविसंघले मंगलबार काठमाडौंका विभिन्न क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो। अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको काम भारतलाई दिनेलगायतका राष्ट्रघाती काम गरेपछि त्यसको विरोधमा प्रधानमन्त्रीविरुद्ध संघर्ष गर्नुपरेको नेविसंघका नेताहरूले बताएका छन्।

उनीहरूले सत्तारुढ भारतीय जनता पार्टीका सांसद सांसद कीर्ति आजादले नेपालको स्वाभिमानविरुद्ध दिएको अभिव्यक्तिको पनि सरकारले खण्डन नगरेको भन्दै आपत्ति जनाएका छन्। भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले लम्पसारवादी चरित्र देखाएको संघको गम्भीर आरोप छ। राष्ट्रियता, प्रजातन्त्रमाथि धावा बोल्ने काम नगर्न भन्दै उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए।

नेविसंघले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सेना नेपाल भित्र्याएको भन्दै आपत्ति पनि जनाएको छ। मोदीको नेपाल भ्रमणका क्रममा नेपाली मिडियालाई लाइभ गर्न रोक लगाएकोमा पनि नेविसंघले आक्रोश व्यक्त गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.