सोलुखुम्बु : मकालु हिमाल आरोहणको क्रममा एक जनाको मृत्यु भएको छ। सोलु दूधकुण्ड नगरपालिका ८ केरुङका आङ दावा शेर्पाको मंगलबार आरोहणको क्रममा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदुम्न अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार शेर्पाको मंगलबार विहान २ बजेतिर लेक लागेर मृत्यु भएको हो। उनी चिनियाँ ग्रुप लिएर संखुवासभा जिल्लामा पर्ने मकालु हिमाल आरोणमा गएका थिए। शेर्पाको शव मंगलबार नै हेलिकाेप्टरमार्फत तेञ्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै काठमाडाैं लगि पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। त्यसैगरी सोमबार दिउँसो करिब २ बजे खुम्बुपासङ ल्हमु गाउँपालिका ४ लबुजेमा लेक लागेर एक चिनियाँ नागरिकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ४७ वर्षीय चिनियाँ नागरिक लाम वन रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। वनको सोमबार नै मृत्यु भए पनि मौसम प्रतिकु भएका कारण हेलिकाेप्टर जान नसक्दा मंगलबार मात्रै आवश्यक कानुनी प्रक्रिया सुरु गरी पोष्टमार्टमका लागि काठमाडाैंस्थित शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।
खुम्बुजे प्राली काठमाडाैंबाट खुम्बु क्षेत्रको भ्रमणका आएका उक्त चिनियाँ नागरिकाको बेसक्याम्पबाट लेक लागेर फर्किरहेका बेला लबुजेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।