|

काठमाडौं : साउन ४ गते रिलिज मिति तोकेको चलचित्र 'पण्डित बाजेको लौरी'को ट्रिजर रिलिज भएको छ। अध्रित फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको ट्रिजर मंगलबार युटुब च्यानलमार्फत् रिलिज गरिएको हो। गत पुसमा फिल्म निर्माणको औपचारिक घोषणा गरेको निर्माण युनिटले मंगलबार ट्रिजर रिलिज गरेको हो। 

पण्डित्याइँ गर्ने पण्डितहरूको कथामा बनेको यस फिल्ममा वादी जातिको कथालाई प्रस्तुत गरिएको चलिचत्रका निर्माता थमनकुमार भण्डारीले जानकारी दिए।दीपक ओलीले निर्देशन गरेको यस चलचित्रमा समाजको वास्तविकता र हालको समस्यालाई उजागर गर्ने प्रयास गरिएको निर्माण पक्षले बताएको छ।

चलचित्रमा वादी जातिकी महिला र ब्राह्मण जातिको पण्डितबीचको सम्बन्धलाई प्रस्तुत गरिएको छ। फिल्ममा मरिष्का पोखरेल, भोलाराज सापकोटा, प्रवीण खतिवडा, विजय बराल, प्रमोद अग्रहरि, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारीलगायतले अभिनय गरेका छन्।

महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको चलचित्र ‘पण्डित बाजेको लौरी’को निर्माता थमनकुमार भण्डारी हुन् भने सहनिर्माता किशोर खड्का हुन्। श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत रहेको चलचित्रमा गीतमा मीना निरौला र श्रीकृष्ण बम मल्लको आवाज रहेको छ। विदुर पाण्डेको छायांकन रहेको चलचित्रको सम्पादन मित्र डी गुरुङले गरिरहेका छन्।

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.