|

ओखलढुंगा : कार्यालयमा काम गरेको दिनमा हाजिर गर्नु स्वाभाविक हो । तर, ओखलढुंगाका सरकारी कर्मचारीको हाजिरी सार्वजनिक बिदाका दिन पनि प्रमाणित हुने गरेको पाइएको छ। मोलुग गाउँपालिका–१ मा कार्यरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट खटिएका प्राविधिक र इञ्जिनियरको हाजिरी सार्वजनिक बिदाको दिनको प्रमाणित भएको छ।

बैशाख महिनाको हाजिरीमा बैशाख १७ मा बुद्धजयन्ती र १८ मा मजदुर दिवसको सार्वजनिक बिदा थियो। ती दुवै दिनमा एक जना इञ्जिनियर र तीन जना प्राविधिकको हाजिरी वडा अध्यक्ष प्रदिप बानियाले प्रमाणित गरेका छन्।

इञ्जिनियर करण दासले पेश गरेको तीन प्राविधिकसहितको हाजिरी विवरण अध्यक्ष बानियाले प्रमाणित गरेका हुन्। पुनर्निर्माणका प्राविधिकहरुको हाजिरी वडाले प्रमाणित गरेपछि मात्रै तलब पाउने प्रावधान छ।

बिदाका दिनको समेत हाजिरी प्रमाणित गरेको विषयमा वडाध्यक्ष बानियाले कर्मचारीले पेश गरेको विवरणमा विश्वास गरेर हस्ताक्षर गरेको बताए। उनले प्राविधिक हिसाबले भएको त्रुटि सच्याउने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.