|

हेटौँडा : प्रदेश ३ को सार्वजनिक लेखा समितिले सरकारले भैपरी आउने र विविध खर्च शीर्षकमा ठूलो रकम विनियोजन गरेको भन्दै अनियमितताको आशंका गरेको छ। समितिको बुधबार बसेको बैठकमा चालू आवका लागि प्रस्तुत आय व्यय विवरणमा भैपरी आउने र विविध खर्च शीर्षकमा ठूलो रकम विनियोजन गरेकोमा अनियमितताको आशंका गरेको हो।

समिति सभापति न्हुच्छे नारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सरकारको यसबारे धारणा माग्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई जेठ ४ गते समितिमा बोलाएर जानकारी लिने निर्णय गरेको सभापति श्रेष्ठले बताए। चालु आर्थिक लागि सरकारले ल्याएको आयरव्ययको अनुमानित विवरणमा भैपरी खर्च शीर्षकमा चालुतर्फ ३० करोड र पूँजीगततर्फ ३३ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै विविध खर्च शीर्षकमा ६५ लाख रुपैयाँ विनियोजन गरेको थियो।

समिति बैठकमा सदस्यहरूले कार्यकर्तालाई आर्थिक सहायता र चन्दाको नाममा रकम खर्च हुन सक्ने भन्दै सरकारको धारणा माग गरेको हो।  

यस्तै, समितिको वार्षिक कार्यक्रम तथा बजेट खाका तयार गर्न रमेश पौड्यालको संयोजकत्वमा जीवन डंगोल, बेलीमाया घले, मुनु सिग्देल र रत्न ढकाल रहेको उपसमिति गठन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.