|

राजविराज : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–३ मा ट्रयाक्टरबाट लडेर एक किशोरको मृत्यु भएको छ । नाम ठेगाना खुल्न नसकेका १५ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

बिहीबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ त ५५५९ नम्बरको ट्र्याक्टरमा सवार ती बालक लडेर घाइते भएका थिए। लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि लगिँदै गर्दा बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.