|

काठमाडौं :  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन–आश्रित स्मृति दिवसकै दिन पार्टी एकता गर्न आफूले नै प्रस्ताव गरेको बताएका छन्। 

२५ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा एमालेको पुरानो पार्टी कार्यालय बल्खुमा पहिलोपटक बोल्दै उनले भने, ‘आज नै मदन भण्डारी अवसान भएकै दिन पार्टी एकता गरौँ  मैले नै भनेको हुँ।’

मदन र आश्रतिको स्मृति दिवसकै दिन एकताको घोषणा हुनु उनीहरूप्रतिको सम्मान भएको उनले बताए। 'मलाई गर्व छ आजकै दिन हामी पार्टी एकतामा जाँदैछौ’ प्रचण्डले भने, ‘यो नै कमरेड मदन र आश्रतिप्रतिको सच्चा सम्मान हो।’ 

चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । मदन–आश्रित स्मृति दिवसमा माओवादी केन्द्रका अध्यक्ष सहभागी भएको यो पहिलो पटक हो। 

हेर्नुहाेस्, प्रचण्डको सम्बोधन :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.