|

काठमाडौैं : नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्ड बिहीबार (आज) आयोजना गर्दै छ। २०७४ मा खेलाडीले गरेको प्रदर्शनका आधारमा छनोटमा परेका खेलाडी तथा प्रशिक्षकमध्येबाट उत्कृष्टलाई मञ्चले सम्मान गर्न लागकेो हो। अवार्ड आज २:४५ बजेबाट आर्मी अफिसर क्लब भद्रकालीमा एक प्रतिष्ठित कार्यक्रमबीच वितरण गरिनेछ।

आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजना हुने अवार्डको १५औँ संस्करणमा विभिन्न आठ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गर्ने मञ्चले जनाएको छ। मञ्चले लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट र स्पेशल अवार्डको घोषणा कार्यक्रममै गरिनेछ भने वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा पिपुल्स च्वाइस र प्रशिक्षक विधामा ५-५ खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक गरिसकेको छ।

पिपुल्स च्वाइस विधामा क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र भलिबलका मान बहादुर श्रेष्ठ रहेका छन्। त्यस्तै,  क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंक बहादुर कार्की वर्षका उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा पर्दा वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ रहेका छन्।

त्यसैगरी, युवा खेलाडीमा क्रिकेटका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल रहेका छन्।

वर्षका उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगर मनोनयनमा परेका छन् । उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरिने छ भने अन्य विधाका विजेतालाई ५० हजार नगद सहित गिफ्ट हेम्बर प्रदान गरिने आयोजकले जनाएको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.