अन्तिम बैठकले गरेका यी निर्णय

|

काठमाडौं:  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक नेपाल कम्युनिस्ट पार्टी एमाले विघटन गरेको छ। एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विघटन गरेको हो। बिहीबार बसेको बैठक एमालेको लागि अन्तिम केन्द्रीय कमिटीको बैठक हो।

बैठकले गरेका निर्णय

  • पार्टी एकता संयोजन समितिले गरेको निर्णय अनुमोदन गरेको छ। नेकपा एमाले नामको पार्टीको अन्तिम बैठक। 
  • पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ। माक्सवाद, लेनिनवाद मार्गदर्शक सिद्धान्तको रुपमा स्विकारेको छ। समाजवादउन्मुख जनताको जनवादलाई तत्कालिन कार्यक्रमको रुपमा अगाडी सारिएको छ।
  • जनताको बहुदलीय जनवाद, माओवाद, २१ औं शताब्दीको जनवाद, जनयुद्ध लगायतका विषयलाई पार्टीभित्र आन्तरिक छलफलको विषयवस्तुका रुपमा अगाडी बढाउने। 
  • चुनाव चिन्ह सुर्य हुनेछ। 
  • एकीकृत पार्टी नेकपाको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुनेछ भने स्थायी समिति ४५ सदस्यीय हुनेछ। नौ सदस्यीय सचिवालय हुनेछ। 
  • एकता संयोजन समिति स्वतः विघटन भएर सचिवालयमा रुपान्तरण भएको छ। जसमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल सहित ९ सदस्य रहनेछ। 
  • माधवकुमार नेपाल र झलनाथ खनाल दुई बरिष्ठ नेता रहनेछन्। पार्टीको प्रवक्तामा नारायणकाजी श्रेष्ठ र महासचिवमा विष्णु पौडेल रहनेछन्।
  • यो सचिवालयले पार्टीको केन्द्रीय संगठनहरुको व्यवस्थापन, प्रदेश, जिल्ला, स्थानीय तहसम्मको संगठनहरुको व्यवस्थाप, मोर्चा संगठनहरुको व्यवस्थापन, विभागहरुको एकता, प्रभासका कमिटिहरुको एकता लगायतका विषयलाई टुङ्ग्याउन गृहकार्य गर्नेछ। 
  • आजै निर्वाचन आयोगमा पार्टी एकताको प्रकियालाई अघी बढाई राष्ट्रिय सभागृहमा पार्टी एकताको घोषणा हुनेछ। 

ठूलो पार्टी भएपछिका फाइदा

दुई पार्टीहरु मिलिसकेपछि गएको प्रतिनिधि सभाको निर्वाचनको मत परिणाम हेर्ने हो भने अब नेकपासँग ४५ लाख पपुलर मत हुनेछ। १६५ वटा निर्वाचन क्षेत्रमध्ये ११६ क्षेत्रबाट हामीले निर्वाचन क्षेत्र नेकपाले जितेको हुनेछ।  

२७५ सदस्यीय प्रतिनिधि सभा मध्ये १७५ जना प्रतिनिधिसभा सदस्य नेकपासँग हुनेछन्। ५९ जना राष्ट्रियसभा मध्ये ४२ जना नेकपाका सदस्य हुनेछन्। 
बैठकपछि एमाले निर्णय सुनाउदै विघटित एमालेका सचिव योगेश भट्टराईले सात वटा प्रदेशमध्ये छ वटा प्रदेशमा बहुमत सहितको प्रदेश सरकार हुने र ७५३ वटा स्थानीय तहमध्ये ५५ प्रतिशत स्थानीय तह यो पार्टीसँग हुनेभएकोले सशक्त हुने बताए। 

उनले जेठ ३ गते नेपालका सबै कम्युनिस्टले सम्झिने दिन र नेता मदन भण्डारी र संगठक जीवराज आश्रितको हत्या भएको दिन भएको कारण पनि यस दिन नेपालको कम्युनिस्ट आन्दोलनको लागि सम्झनु पर्ने दिनु भएको बताए। । यो दिनको सन्दर्भ बनाएर हामीले एकता गर्‍यौं। यो ऐतिहासिक छ। नेपालको अब ठूलो तथा बलियो कम्युनिस्ट पार्टी बनेको छ। 
छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.