|

सुर्खेत : एमाले र  माओवादी केन्द्रबीच भएको पार्टीे एकतामा कर्णाली प्रदेशमा पुरानो माओवादी केन्द्र पार्टी र सत्तामा हावी हुने प्रतिक्रिया अाएकाे छ। नयाँ पार्टीमा पुरानो माआवादी केन्द्रबाट दुईजना नयाँ पार्टीको स्थायी कमिटीमा परेका छन् भने पुरानो एमाले पार्टीबाट कोही पर्न सकेनन्। 

माओवादी केन्द्रबाट जनार्दन शर्मा  र शक्ति बस्नेत स्थायी समितिमा परेका हुन्। तर पुरानो एमालेबाट नयाँ पार्टीको स्थायी समितिमा कोही पनि पर्न सकेनन्।अहिलेसम्म एमाले स्थायी कमिटीमा कर्णाली प्रदेशको प्रतिनिधित्व हुन सकेको थिएन। पुरानो पार्टी एमालेबाट यामलाल कँडेल र प्रकाश ज्वालाले स्थायी समिति सदस्य बन्न खोजे पनि स्थान पाउन सकेनन्।

एमालका पूर्व पोलिटव्यूरो सदस्य प्रकाश ज्वालाले कम्तिमा कर्णाली प्रदेशबाट एकजना स्थायी समितिमा लिनुपर्ने माग पार्टी समक्ष गरेको बताए। पार्टीले कर्णाली प्रदेशका एमाले नेताहरूको भावना बुझेर सोही अनुरुपको जिम्मेवारी दिनेमा आफू आशावादी भएको बताए। एमाले प्रदेश कमिटी सदस्य यामलाल कँडेलले यसबारेमा आफूलाई जानकारी नभएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.