|

काठमाडौं :   साढे ३३ किलो सुन हराएको सुराक लिन चुडामडि शर्मा गोरेले जंगलमा, शहर र होटलमा सनम शाक्यलाई निर्मम याताना दिने गरेको भिडियो सार्वजनिक भएको छ। उक्त भिडियो अनुसन्धान अधिकारीले मागेपछि उक्त कुरा बाहिर आएको हो। आजको गोरखापत्रमा खबर छ। 

निजी क्षेत्रको तेल ओसार्न सेनाको हेलिकोप्टर भन्ने खबर आजको नागरिकले लेखेको छ।  विपत् व्यवस्थापन क्षमता अभिवृद्धिलगायत आपतकालीन अवस्थामा प्रयोग हुने नेपाली सेनाको हेलिकोप्टर निजी क्षेत्रको तेल ओसार्न प्रयोग हुने भएको छ।

नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर शुक्रबार निजी क्षेत्रको तेल ओसार्न हुम्ला जान लागेको छ। निजी क्षेत्रका हेलिकोप्टरका लागि इन्धन बोकेर सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.