|

काठमाडौं : सशस्त्र प्रहरी वलले २०७४ साउन ३१ गते प्रकाशित गरेको विज्ञापन अनुसार २ हजार ३ सय ३८ नयाँ जवान नियुक्त गरेको छ। 

मानवस्रोत विकास विभाग भर्ना छनौट शाखाले शुक्रबार खुला तर्फ वैकल्पिक सहित १३९७, महिला समुह तर्फ २०५, आदिवासी जनजाती समुह तर्फ वैकल्पिक सहित ३९७, मद्येशि समुह तर्फ १५८, दलित समुहतर्फ १२६, पिछिडिएको क्षेत्र तर्फ ५४ र अमर असक्त समुह तर्फबाट १ गरि २ हजार ३ सय ३८ नयाँ जवान नियुक्त गरेको हो।

नयाँ नियुक्त भएका जवानहरुलाई यहि जेठ १५ गते आफुले पेश गरेको नेपाली नागरिकता र शैक्षिक योग्यताका सक्कलै प्रमाणपत्र र पासपोर्ट साईजको ४ प्रति साईजको फोटो सहित लिएर विहान १० बजे उपस्थित हुन भनिएको छ। 

नामावली हेर्न यहाँ थिच्नुहोस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.