|

काठमाडौं : असोज ५ गतेदेखी धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको नेकपा एमालेको केन्द्रिय कमिटीको सातौँ बैठकले औचित्यविना संविधान संशोधन गर्न नमिल्ने ठहर गरेको छ। 

बैठकले सरकारलाई एकपक्षीय रुपमा संविधान संशोधनको काम नगर्न ध्यानकर्षण गराउने निर्णय गरेको छ। बैठकपछि बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने,'संविधान संशोधन भनेको बच्चा राेयो भनेर खुसी पार्ने काम होइन। गतिशील दस्तावेज भएपनि औचित्यविना संविधान संशोधन गर्न मिल्दैन।'

एमालेले संविधान कार्यान्वयनका लागि ४ महिने जनपरिचालन अभियान थाल्ने निर्णय गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.