|

कावासोती : नवलपरासी पश्चिम बर्दघाट नगरपालिकामा शनिबार भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेहरुमा बर्दघाट १६ का २१ वर्षीय सन्तोष न्यौपाने, बर्दघाट १४ का १९ वर्षीय आशिष जिसी र बर्दघाट १६ बै ३० वर्षीय अजितसिहं ठकुरी रहेका छन्।

दुर्घटनामा परी न्यौपाने र जिसीको घटना स्थलमै मृत्यु भएको हो भने ठकुरीलाई उपचारका लागि भरतपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। बर्दघाट–त्रिवेणी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु ३७ प १५७० नम्बरको मोटरसाइकल दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु १० प ४४३५ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाएको थियो।  यस्तै, दुर्घटनामा बर्दघाट १४ का २४ वर्षीय दीपेन्द्र जिसी घाइते भएका छन्। उनलाई उपचारका लागि बुटवल पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.