|
फोटोः बिबिसी

बेलायतका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच शाही विवाह सम्पन्न भएको छ। करिव ६०० पाहुनाहरूका बीच विन्डसरको किल्लामा अवस्थित सेन्ट जर्जको गिरजाघरमा उनीहरूको भव्य वैवाहिक समारोह सम्पन्न भएको हो।

उनीहरूकी वैवाहिक समारोहमा देश-विदेशबाट पाहुनाहरू आमन्त्रित गिरएको थियो। अमेरिकी टेलिभजन स्टार ओपरा विनफ्रे अभिनेता इडरिस एल्बा जार्ज क्लुनी र फुटबलर डेविट बेकमलगायतका पाहुना उक्त समारोहमा सहभागि भएका छन्।

विवाह समारोह लगत्तै शाही नवविवाहित जोडीले बग्गीमा बसेर नगर परिक्रमा गरेका छन्। महारानी एलिजाबेथले राजकुमार ह्यारीलार्इ ड्युक अफ ससेक्सको उपाधी दिएकी छिन्। परम्पराअनुसार उनी विवाहपछि मार्केल डचेज आफ ससेक्स बन्नेका छन्।

फोटो बिबिसी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.