राजस्थानको सम्भावना कायमै

|

इन्डियन प्रिमियर लिगमा कोलकता नाइटराइडर्स प्लेअफमा स्थान बनाउन सफल भएको छ। कोलकाताले शनिबार राति भएको खेलमा शीर्षस्थानको हैदरावादलाई पाँच विकेटले पराजित गरेपछि अाठ जितका साथ १६ अंक बनाउँदै प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ। अब प्लेअफमा राजस्थान रोयल्ससहित मुम्बइ र पञ्जाबमध्ये एक टिमले स्थान बनाउने छ। प्लेअफको अन्तिम टुंगो आइतबार लाग्ने छ।

शनिबारनै भएको खेलमा राजस्थानसँग पराजित भएपछि बैंगलोर प्रतियोगिताबाट बाहिरियो। पहिलो ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा शिखर धवनको अर्धसतकको मद्दतमा १७२ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य कोलकताले पाँच विकेटको क्षतिमा दुई बल बाँकी छँदा पूरा गर्‍यो। उसका लागि क्रिस लेनले महत्वपूर्ण ५५ रन बनाए। 

प्लेअफ प्रवेश रोमाञ्चक बनेको आइपीएलमा शनिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ३० रनले पराजित गर्दै राजस्थान रोयल्सले प्लेअफ सम्भावना कायमै राखेको छ। यद्यपि, उसको प्लेअफमा स्थान भने अन्य टिमको प्रदर्शनले निर्धारण गर्नेछ।

टस जितेर पहिलो ब्याटिङ गरेको राजस्थानका लागि ओपनर राहुल त्रिपाठीको ८० रन महत्वपूर्ण रह्यो। राहुलले ५८ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्दै ८० रन बनाएका थिए। उनको सानदार इनिङले राजस्थान सम्मानजनक स्कोर तयार गर्न सफल भएको थियो।

त्यस्तै कप्तान आजिंक्य रहाणेले ३३ रन बनाए भने तीन चौका प्रहार गरे। हेनरिक कासिनले पनि २१ बलमा ३२ रन बनाए भने थप दोहोरो रनको स्कोरका रुपमा कृष्णप्पा गौथमको १४ रन बनाउँदा निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६४ रनको स्कोर तयार पार्न राजस्थान सफल भयो।

१६५ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको राजस्थानका श्रेयस गोपालले उत्कृष्ट बलिङ गरे। उनले चार ओभर बलिङ गर्दै १६ रन खर्चिएर बैंगलोरको महत्त्वपूर्ण चार विकेट चट्काएका थिए। त्यस्तै, जयदेव उन्नदकड र बेन लाफलिनले समान दुई विकेट लिएपछि बैंगलोर  सम्हालिन असफल भयो।

बैंगलोरका लागि एबी डिभिलिर्यसको ५३ रनको अर्धसतकीय इनिङ सर्वाधिक रह्यो। ओपनर विराट कोहली चार रनमै आउट भएपनि अर्का ओपनर पार्थिब पटेलले टिमलाई सम्हाल्ने कोसिस गरेका थिए। तर, उनी पनि ३३ रनमा आउट भए। त्यसपछि बैंगलोर लगातार विकेट पतनको सिकार बन्यो। पछिल्ला क्रमका टिम साउदी र मोहमद्ध सिराजले समान १४ रन थप दोहोरो रनको स्कोरका रुपमा रह्यो। उसका लागि ६ ब्याटसम्यानले दोहोारो स्कोर बनाउन सकेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.