|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीमा नेताहरूको विगतका पार्टी मर्यादाक्रम हेरफेर हुने भएको छ। एकीकृत पार्टीमा नयाँ भूमिक र वरीयताक्रम तय हुँदै गर्दा कतिपय  नेतालाई विगतमा भन्दा बढी प्रभावशाली भूमिका भिल्ने र केही भने खुम्चिनुपर्ने अवस्था आउने समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।

सचिवालयमा निर्धारित मार्यादाक्रम र जिम्मेवारीका कारण दुवै तत्कालीन पार्टीभित्र असन्तुष्टि छ तर पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्णयविरुद्ध कुनै नेताले बोल्ने साहस गरेका छैनन्।

गोरखापत्र दैनिक लेख्छ– नेपाल कम्युनिष्ट पार्टीले तत्कालीन एमाले र माओवादी केन्द्रका सम्पूर्ण जनवर्गीय संगठन विघटन गरेर नयाँ संगठन निर्माणको तयारी थालेको छ। विघटन भएका पहिलेका जनवर्गीय संगठन तीन महिनाभित्र एकीकरण गर्ने योजना छ।

नेकपाका नेता भीम आचार्यले दुई दलका भ्रातृ संगठनका प्रतिनिधिलाई कार्यदलमा पठाई जनवर्गीय संगठन निर्माणको काम अनुमोदन गर्ने जानकारी दिए। तत्कालीन माओवादी केन्द्रका २५  भ्रातृ संगठन १५ वटा विभाग र दुई आयोग छन्। तत्कालीन एमाले र माओवादीमा मिल्दाजुल्दा २० वटा संगठन छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.