|

कालिकोट : धार्मिक ऐतिहासिक, सामाजिक र साँस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिएको अछामको पञ्चदेवल विनायक नगरपालिका–३ मा रहेको पञ्चदेवल ओझेलमा परेको छ। संरक्षण र प्रचार प्रचारको अभावमा पञ्चदेवल ओझेलमा परेको हो ।

वि.सं. १३३७ मा खस राज्यका राजकुमार अक्षय मल्लले पञ्चदेवलको निर्माण गरेका थिए। पाँच देवल रहेकाले यहाँको नाम पञ्चदेवल रहेको बताइन्छ। तेस्रो देवलको प्रवेशद्वारको तोरण शीलामा पाइएको अभिलेख अनुसार यो प्रमाणित भएको हो। त्यहाँ उल्लेख अभिलेखमा शालिवाहन शाके संवत् १२०२ छ।

अाठ सय वर्ष पुरानो पञ्चदेवल संरक्षण प्रयास नभएको स्थानीयवासीको गुनासो छ। पुरानो इतिहास बोकेको पञ्चदेवलको संरक्षण र प्रचार नहुँदा यहाँको इतिहास नै नष्ट हुन लागेको स्थानीय नरबहादुर धामीले गुनासो गरे। ‘ पुरातात्त्विक महत्त्व बोकेको संरचनाको प्रचार प्रसार हुन सकेन’, उनले भने, ‘प्राचीन इतिहास नै गुम्ने खतरा रहेको छ ।’

पञ्चदेवलको इतिहास लामो भएपनि धार्मिक तथा पर्यटकीय हिसाबले निकै पुरानो रहेकोयसको संरक्षण नहुदाँ जLर्ण अवस्था पुगेको यसको पुर्ननिर्माणको आवश्यकता रहेको स्थानीय रामबहादुर धामीले बताए। ‘यो निकै पुरानो सम्पदा हो’, उनले भने,‘यसको उचित संरक्षण पुर्ननिर्माण नहुदाँ कैले ढल्छ त्यसको कुनै पत्तो छैन।’

पञ्चदेवलको संरक्षण गर्न नगरपालिकाले तयारी थालेको विनायक पञ्चदेवल नगरपालिका उपप्रमुख अम्बिका चलाउनेले बताइन्। ‘संरक्षणको अभावमा जीर्ण बनेको छ’, उनले भनिन्,‘अब संरक्षणका लागि नगरपालिकाले पहल थाल्छ।’

ऐतिहासिक र पर्यटकीय हिसाबले पञ्चदेवलको राम्रो सम्भावना भए पनि संरक्षण नहुदा समस्या रहेको उपप्रमुख चलाउनेले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.