|
File Photo thahakhabar

महोत्तरी : प्रदेश २ सरकारले आफ्नो विकास प्राथमिकतामा सडक र ऊर्जा रहने जनाएको छ।

महोत्तरीको बर्दिवासमा आयोजित प्रदेश २ को विकास संरचनाबारे दुईदिने नीतिगत बहस कार्यक्रमको उद्घाटनसत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मुलुकका अन्य भेगभन्दा विकास सूचाङ्कका दृष्टिले अत्यन्त पछि परेको प्रदेश २ मा विकास समृद्धिको सुरुआत सडक र ऊर्जाले गर्ने बताएका छन्।

“हाम्रो प्रदेश प्रशस्त पर्यटकीय सम्भावनाका क्षेत्र र उर्वर कृषि भूमिका लागि प्रसिद्ध छ”, मुख्यमन्त्री राउतले भने, “हामी यी सबै सम्भावनाका क्षेत्रलाई दृष्टिगत गरी योजना बनाऔँ, मुलुककै विकास र समृद्धिको अभियानलाई हाम्रो कामले नेतृत्व गर्नेछ।” भ्रष्टाचार विकास र सुशासनको बाधक भएको बताउँदै मुख्यमन्त्री राउतले यसविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारेका थिए।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले संविधानले तोकेअनुसार प्रदेश सरकार मातहत निकाय भइनसक्दा काम अघि बढाउन अझै अन्योल रहेको औँल्याए।

दुई दिनको नीतिगत बहस कार्यक्रममा प्रादेशिक नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा, प्रदेश सरकारका भौतिक पूर्वाधार विकास सचिव कौशलकिशोर झा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्ले, आयोगका पूर्वसदस्य डा अरविन्द मिश्र, भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसचिव तुलसी सिटौला, ऊर्जाविज्ञ सुरेन्द्र राजभण्डारी, सञ्जय ढुंगेल, गोपाल साह, हुलाकी सडक आयोजनाका प्रमुख श्याम खरेल, सडक विभागका गोपाल सिग्देल, कुमार थापा र राजु श्रेष्ठ सहितका विज्ञ सम्मिलित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.