|

काठमाडौं : नेपाल पत्रकार महासंघ, बेलायत शाखाको अध्यक्षमा नरेश खपाङ्गी मगर पुनः निर्वाचित भएका छन्। महासंघ बेलायत शाखाको शनिबार लण्डनको अल्डरसटमा सम्पन्न भएको चौंथो अधिवेशनले मगरलाई पुनः अध्यक्षमा निवार्चित गरेको हो।

यसैगरी महासंघको वरिष्ठ उपाध्यक्षमा श्याम लुइटेल र ध्रुवराज अर्याल, उपाध्यक्षमा दिनेश परियार, लीलामान शेरपुन्जा, विमला सेने, महासचिव सञ्जयभक्त कँडेल, उपमहासचिवमा नरेन्द्र बस्नेत, सचिवमा शिव भण्डारी, पूर्ण गुरुङ र जगन्नाथ कार्की चयन भएका छन्।

यस्तै कोषाध्यक्षमा सिद्धार्थविक्रम क्षेत्री, सहकोषाध्यक्षमा रोशन राई 'विनोद' निर्वाचित भएका छन्। सदस्यहरूमा बोमबहादुर थापा, नगेन्द्रराज नेम्वाङ, नरेश काङ्बाङ राई, सुरेन्द्र इंगनाम, तीर्थबहादुर मल्ल, गणेश खड्का, मञ्जु भण्डारी खरेल, विश्वासदीप तिगेला, जीवन सेन, खुशी लिम्बु र खेमराज रानाभाट निर्वाचित भएका छन्।

अधिवेशनको उद्घाटन गर्न नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य सहित महासचिव रमेश विष्ट बेलायत पुगेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले आलोचनात्मक चेत सहितको पत्रकारिता अहिलेको आवश्यकता रहेको औल्याए। लोकतन्त्रमाथिको खतराबाट मुलुकलाई जोगाउनका लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने भन्दै उनले स्वतन्त्र भएर कलम चलाउन जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.