|

काठमाडौं : सर्वोच्च अदालतले हवाइ सेवा प्रदायकको लापरबाहीले उडान तालिका परिवर्तन भए यात्रुलाई क्षतिपूर्ति दिने कानुनी व्यवस्था गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारीको गरेको छ।

गोरखापत्रमा समाचार छ– उपभोक्ता संरक्षण ऐनमा क्षतिपूर्तिको व्यवस्था परिमार्जनका लागि आदेश जारी गरेको हो। न्यायातधीशद्वय कल्याण श्रेष्ठ र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले यती एअरलाइन्स प्रालि पुनरावेदक रहेको रिटको सुनुवाइ गर्दै क्षतिपूर्तिको व्यवस्था गर्न भनेको छ।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल दिउँसोको समय हुने अत्यधिक चापलाई कम गर्न सोमबारदेखि २१ घण्टा सञ्चालनमा आउने भएको छ। हाल १८ घण्टा सञ्चालनमा रहेको विमानस्थल तीन घण्टा थप गरेर २१ घण्टा पुर्‍याउन लागिएको खबर कारोबार दैनिकले छापेको छ।

अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा चलाउने भनिए पनि थप तीन घण्टामा एअरलाइन्सहरूले तत्काल उडान भने सम्भावना भने छैन। विमानस्थल एअरलाइन्स कम्पनीलाई 'समर सिजन'का लागि 'सेड्युल' दिइएकाले अहिले थप भएको समयमा विमानस्थल विजनेसविहीन हुने देखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.