यस वर्षको रोम ओपन टेनिसको उपाधि स्पेनिस खेलाडी रफाईल नदालले जितेका छन् ।
ईटालीको रोममा आइतबारराति भएको फाइनलमा जर्मनीका अलेक्जेण्डर भेरेभलाई पाखा लगाउँदै नदालले आठौं पटक रोम ओपन जितेका हुन्। भेरेभ विरुद्धको खेल नदालले ६–१, १–६ र ६–३ ले आफ्नो पक्षमा पारे। जितसँगै नदाल विश्व टेनिस वरियताको शीर्ष स्थानमा उक्लने निश्चित भएको छ।
अघिल्लो हप्ता सम्पन्न मड्रिड ओपन टेनिसपछि स्विस खेलाडी रोजर फेडेरर वरियताको शीर्ष स्थानमा उक्लेका थिए। अब भने अर्को हप्ता फ्रेन्च ओपन ग्रान्ड स्लाम सुरु हुनुपुर्व नदाल नै विश्व नं. एक हुने भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।