|

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी आर्थिक वर्षका लागि संयुक्त संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। उनले नीति तथा कार्यक्रमको सुरुवातमा यो सरकारको आदर्श बताएकी छन्।

सोमबार नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति भण्डारीले  भष्टचारमुक्त समाज र जनताप्रति पूर्णउत्तरदायी सरकार यो सरको आदर्श भएको बताएकी छन्। सरकारले समाजिक न्यायको दृढ कार्यन्वयन गर्ने बताएको छ।

राष्सट्रपतिको तर्फबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सबैका लागि समृद्धि यो सरकारको नीति रहने बताइएको छ। एउटै नीतिका साथ बहुमतको सरकार बन्नु महत्वपूर्ण कुरा भएको उल्‍लेख गरिएको छ। लोकतन्त्र मासिएला भन्ने आधारहीन आशंक गर्नु कुनै आवश्‍यक नभएको कुरा नीति तथा कार्यक्रममको पृष्ठभूमिमा उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.