|

काठमाडौं : राष्ट्रपति  विद्यादेवी भण्डारीले सोमबार संघीय संसदमा राष्ट्रको नीति तथा कार्यक्रम पेस गरिन्। राष्ट्रपति भण्डारी कडा सुरक्षाबीच नयाँ बानेश्वरको संसद भवनमा करिब चार बजेतिर  प्रवेश गरेकी  थिइन्।

राष्ट्रपतिको स्वागतका लागि संसद भवनलाई ध्वजापतकाले सिंगारिएको थियो। फूलका गमलाहरूलाई मुख्य प्रवेशद्धारमा सजाएर राखिएको थियो। प्रवेशद्धारमा राखिएका विभिन्न आकारमा सिंगारिएका पुष्पगुच्छासहितका जल घडाहरूले संघीय संसद भवनलाई थप आकर्षक बनाएको थियो।

अपरान्ह ४ बजे बोलाइएको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन्। संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुटै बैठक बसेर राष्ट्रपतिलाई धन्यवाद व्यक्त गरिएको थियो।

राष्ट्रपतिको सवारीमा संसद भवनअगाडि देखिएको दृश्य गतिवधि फोटोमा जस्ताको तस्तै: 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.