|

काठमाडौं : विश्व रेविज दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ। 'जनचेतना जगाऔं, खोप लगाऔं र रेबिज उन्मूलन गरौं' नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदैछ। 

रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज दिवस मनाउने गरिएको छ। भेटेरेनरी जनस्वास्थ्य कार्यालयले दिवसका अवसर पारेर सप्ताहव्यापी रुपमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ। 

रेविज रोग, रेविज लागेका कुकुर, स्याल, बिरालो लगायतका पशुको टोकाईबाट मानिस र अरु स्तनधारी प्राणीमा सर्ने प्राणघातक रोग हो। रोगका जिवाणुहरु रोगी पशुको र्‍यालमा रहने भएकाले त्यस्ता पशुले टोक्दा घाउसँगै मानिसको शरीरमा प्रवेश गरी रोग उत्पन्न गर्छन्। मानिसको शरीरमा रेविजको भाइरस प्रवेश गरेको ३० देखि ६० दिनमा रोग देखा पर्छ। तर कम्तीमा १० दिनमै वा वर्षौंपछि पनि देखा पर्न सक्ने सम्भावना हुने चिकित्सकले बताएका छन्। 

रेविज प्राणघातक रोग भएकाले रोगबाट जोगिन खोप लिनै पर्ने तथा बौलाहा पशुले टोकेको शंका लागेमा तत्काल साबुन पानीले धुने जस्ता रोकथामका उपाय अपनाउनुपर्ने चिकित्सकको सुझाव छ। अध्ययन अनुसार नेपालमा रेविज फैलनुको मुख्य कारण जंगली स्यालको टोकाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.