|

बुटवल : रूपन्देहीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल- १५ चङ्खेपुरका ३५ वर्षीय रामु रानाले आफ्नी श्रीमती २९ वर्षीया अञ्जु रानालाई आइतबार राती ८ बजे मदिरा सेवन गरी कुटपिट गर्दा मृत्यु भएको हो।

राती ८ बजे मदिरा सेवन गरी घर आएका रामुले काठको दाउराले कुटपिट गरेको र ९ बजे मृत्यु भएको स्थानीयलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केशव भट्टराईले जानकारी दिए।

उनीहरूका १५, ९ र ५ वर्षका तीन जना छोरा छन्। पीडक रामुलाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.