|

काठमाडौं : व्यवस्थापिका संसदको बैठक बुधबार पनि बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा मंगलबार पेश भएका विभिन्न ६ वटा आयोग सम्बन्धी विधयेकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ। 

संसद बैठकमा मंगलबार राष्ट्रिय दलित, आदिवासी जनजाती, मुस्लिम, मधेसी, थारु र राष्ट्रिय समावेशी आयोग सम्बन्धी विद्येयक पेश भएका थिए। विधयेक प्रति चित्त नबुझे सांसदहरुले विचार गरियोस् भन्ने प्रस्ताव पेश भएको ७२ घण्टाभित्र संसोधन हाल्न सक्ने प्रावधान छ। 

बैठकमा बुधबार महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको औद्योगिक व्यवसाय ऐन संसोधन सम्बन्धी विधयेकको प्रतिवेदन पनि पेश हुने संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुईँकेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.