|

काठमाडौं : दोस्रो सुरक्षित गर्भपतन सेवा दिवस नेपालमा बुधबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ।  

नेपालमा सुरक्षित गर्भपतन सेवाले कानूनी मान्यता पाएको दिनको सम्झनामा सुरक्षित गर्भपतन सेवा-महिलाको अधिकार भन्ने नाराका साथ मनाइने दिवसका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम हुँदैछन्।  

सुरक्षित र वैध गर्भपतन सेवामा पहुँच बृद्धिका लागि जनचेतना जगाउन विश्वभर सेप्टेम्बर २८ तारिखमा सुरक्षित गर्भपतन सेवा दिवस मनाउने गरिएको छ। नेपालमा २०५९ साल असोज १० गते मुलूकी ऐनको ११ औं संसोधनपछि गर्भपतनले कानूनी मान्यता प्राप्त गरेको थियो। 

दिवसको अवसरमा सन्देश दिंदै राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष भगवती घिमिरेले सुरक्षित गर्भपतन सम्बन्धि कानूनी व्यवस्था, सेवाको उपलब्धता, असुरक्षित गर्भपतनबाट हुनसक्ने जटिलता, गर्भनिरोधका साधनको प्रयोग र सुरक्षित गर्भपतनका फाईदाबारे जनचेतना बढाउनुपर्नेमा जोड दिएकी छन्। 

नेपालमा वार्षिक ८० हजार जनाले सुरक्षित गर्भपतन सेवा लिने गरेको तथ्यांक छ। सरकारले तोकिएका संस्थाहरुबाट निशुल्क रुपमा सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.