यसकारण हटाइएका थिए महानिर्देशक भट्टराई

|

काठमाडौं  : सवारीसाधानको स्मार्ट लाइसेन्सका लागि सेवाग्राहीले एक वर्षसम्म कुर्नुपर्ने बाध्यता छ। यसमा जिम्मेवार भारतीय कम्पनी मद्रास सेक्युरिटीलाई सरकारले नै संरक्षण गरेको छ। कारोबार दैनिकका अनुसार मद्रास सेक्युरिटी प्रिन्टर्सको दादागिरीका कारण सेवाग्राही मर्कामा छन् तर यातायातमन्त्री रघुवीर महासेठले संरक्षण गरेको पाइएको छ।

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स र प्रिन्टिङ मेसिन खरिदका लागि गरेको ग्लोबल टेन्डर मद्रास सेक्युरिटीले पाएको थियो। तर उक्त कम्पनीले तोकिएको समयमा आपूर्ति नगरेपछि विभागले अघिल्लो साता ठेक्का रद्द किन नगर्ने भन्ने पत्र पठाएपछि विभागबाट महानिर्देशक रूपनारायण भट्टराई नै हटाइए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.