|

भक्तपुर :  जवरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–५ का २३ वर्षिय सुजन खत्रीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। 

खत्रीले परिवर्तित नाम भक्तपुर २७ (ण) लाई आफ्नै घर कोठामा लगेर डर, त्रास देखाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत एवम् प्रहरी निरिक्षक सुशिल कुमार पाण्डेले जानकारी दिए।  

खत्रीले गत चैत्र १२ गते भक्तपुर २७ (ण) लाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा मंगलवार पक्राउ गरेको हो। उनलाई जवरजस्ती करणी मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाईएको पाण्डेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.