|

ताप्लेजुङ : जिल्लाको पाथीभरा याङवरक गाउँपालिका-१ मेवाखाबाट ३८.४५ ग्राम लागुऔषध खैरो हिरोईनसहित मंगलबार दिउँसो २ बजे फुङलिङ निवासी रोहित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

झापाबाट ताप्लेजुङ आउँदै गरेको सार्वजानिक मे १ ज २८२४ नम्बारको टाटासुमो गाडिबाट लागुऔषध खैरो हिरोईनसहित श्रेष्ठ सदरमुकाम फुङलिङ अउँदै थिए। पाथीभरा याङवरक गाउँपालिका १ मेवाखा स्थित प्रहरी चेकपोष्टमा सवारी चेक गर्ने क्रममा लागुऔषध सहित श्रेष्ठ पक्राउ परेका हुन्। उनको साथबाट ३८.४५ ग्राम खैरो हिरोइन बरामद गरेको ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए।

लागुऔषध लुकाईछिपाई ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा गाडी चेकजाँच गर्दा लागुऔषध सहित श्रेष्ठ पक्राउ परेका हुन्। पछिल्लो समय ताप्लेजुङमा लागुऔषध प्रयोग गर्नेको संख्या बढेको छ।

ताप्लेजुङमा पक्राउ परेका श्रेष्ठको प्रारम्भिक बयान हनुसार ३ दर्जन प्रयोगकर्ता छन्। तर, प्रहरी नायब उपरीक्षक बस्नेतले भने ५ दर्जन बढी लागुऔषध प्रयोगकर्ता हुनसक्ने बताए। लागुऔषध ओसारपसार, प्रयोगकर्तासम्बन्धी गहिरो अनसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

कर्तव्य ज्यानका दोषी र ल्यापटप चोर पनि सार्वजनिक

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बुधबार विभिन्न दुईओटा मुद्धाका अभियुक्तलाई पनि पत्रकार सम्मेलन गरी सार्बजानिक गरेको छ। आठराई त्रिबेणी गाउँपालिका-४ नम्बर वडाका डम्बर बहादुर लिम्बूले ईश्वरसिंह लिम्बूको कर्तव्य ज्यान गरी हत्या गरेको अभियोगमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।

गत सोमबार सामान्य बिबाद हुँदा डम्बर बहादुरले ईश्वरसिंहलाई बन्चरोको पासोले लगातार दुईपटक प्रहार गरी गम्भीर घाईते बनाएका थिए। ईश्वरसिंहको उपचारको क्रममा मोरङको नोबेल अस्पतालमा मंगलबार राति ८ बजे मृत्यु भएको छ।

त्यस्तै फुङलिङ नगरपालिका ५ नम्बर वडाका अमिन उमेश लावतीको ६५ हजार बराबरको एसर कम्‍पनीको ल्यापटप चोरलाई पनि प्रहरीले बुधबार सार्बजानिक गरेको छ।

फक्ताङ्लुङ गाउँपालिका ५ नम्बर वडा, तापेथोक स्थायी घर भई हाल, फुङलिङ नगरपालिका ५ बस्ने १८ वर्षको विशाल लिम्बूलाई ल्यापटप र झोला सहित पक्राउ गरेको प्रहरीले बताएको छ। लिम्बूलाई आवश्यक अनुसन्धान गरी कार्बाहि गरिने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.