|

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले समाजिक परिचालकहरुको समस्या समाधानका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन्। राष्ट्रिय समाजिक परिचालक कर्मचारी संघको प्रादेशिक भेलालाई जनकपुरधाममा संबोधन गर्दै मुख्यमन्त्री राउतले जीवनको अमूल्य समय खर्चेर समाजिक क्षेत्रमा आफ्नो अमूल्य लगानी गरेकोले परिचालकहरूलाई व्यवस्थित गर्न आफूहरू सक्दो पहल गर्ने बताएका हुन्।

संघीय सरकारको लापरवाहीका कारण एलजिसिडीपीअन्तर्गत तत्कालीन जिल्ला विकास समितिमार्फत काम गरेका समाजिक परिचालकहरू अन्यौलतामा फँसेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भने, ‘तपाईहरुको समस्या समाधानको लागि संघीय सरकार र स्थानीय सरकार दुबैमा पहल गर्छौँ।’ 

उनले स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि प्रदेश सरकारले छिट्टै निजामति सेवा ऐन ल्याउन लागेको जानकारी गराउँदै त्यही ऐनमा समाजिक परिचालकलाई व्यवस्थापन गर्ने प्रयासमा आफूहरू लागेको जानकारी गराए।

कार्यक्रममा वन, पर्यटन उद्योग तथा वातावरणमन्त्री राम नरेश राय, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले समाजिक परिचालकहरूको समस्यासँग आफूहरू अवगत रहेको उल्लेख गर्दै समस्या समाधानका लागि प्रदेश सरकारबाट हुन सक्ने पहलहरू गर्न आफूहरू तैयार रहेको बताए।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका प्रदेश २ का प्रमुख सचेतक शैलेन्द्र यादव, राजपाका नेता गजेन्द्र मण्डल, समाजिक परिचालक कर्मचारी संघका केन्द्रीय तथा प्रादेशिक पदाधिकारीहरूका साथै प्रदेश भरिकै समाजिक परिचालकहरूको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.