|

पाल्पा : कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ। 

बेपत्ता भएका बगनासकाली गाउँपालिका–६ यम्घाका ३२ वर्षीय गोविन्द परियारको शव यम्घाकै ढुस्टुङ भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनको बिहिबारसाँझ शव फेला परेको हो।

अर्का २४  वर्षीय चन्द्र परियार भने अझैपनि फेला पर्न नसकेको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। उनका अनुसार पारिवारिक पूजा सकेर नदीमा नुहाउनेक्रममा बिहिबार दिउँसो साढे दुई बजे उनीहरू डुबेर बेपत्ता भएका थिए। बेपत्ता एकजनाको अहिले पनि खोजीकार्य जारी रहेको प्रनाउ घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.