|

काठमाडौं :  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले अधिनायकवादी चरित्र देखाउने सम्भावना बढेर गएको दावी गरेका छन्। नेता सिटौलालले शक्ति सन्तुलन र लोकतान्त्रिक मूल्य, मान्यताको दृष्टिले पनि सरकारले सही बाटो लिने सम्भावना नदेखिएको गम्भिर आरोप लगाए।

शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितः कांग्रेसको अवको गन्तव्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिस्टशैली देखाउन थालेको भन्दै आपत्ति पनि जनाए। नेता सिटौलाले सबै प्रदेशमा समेत कांग्रेस शक्तिमा नरहेकाले कांग्रेस कार्यकर्ताहरुको मनोबल गिर्न गएको पनि स्मरण गराए।

कांग्रेस नेता सिटौलाले संचारकर्मीहरुले समेत सत्तापक्षलाई मात्रै साथ दिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले मुलुकको सबै क्षेत्र सत्तापक्षको प्रभावमा परेको भन्दै त्यसलाई निष्तेज पारेर मुलुकलाई सही बाटोमा अघि बढाउन कांग्रेस विकल्प नरहेको दावी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.